logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चन्द्रनगर गाउँपालिकाले दियो विद्यालयमा जाडो बिदा


  • उज्यालो अभियान

चन्द्रनगर गाउँपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)

चन्द्रनगर, १३ पुस – चिसो बढेर पठनपाठन सञ्चालन गरिरहन समस्या पर्न थालेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आइतबारबाट विद्यालय बन्द गराएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहले सूचना जारी गर्दै मौसम प्रतिकूल बनेकाले आइतबारदेखि पुस २५ गतेसम्म गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको जानकारी गराएका हुन् । गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय, मदरसा र शैक्षिक गुठीमा हिउँदे बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

पुस २६ र २७ गते सार्वजनिक बिदा रहेकाले गाउँपालिकाभित्रका विद्यालयहरु पुस २८ गतेदेखि साबिक समय अनुसार नै सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले बताए । सर्लाहीका २० स्थानीय तहमध्ये चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जाडो बिदा दिएको हो ।

कठ्याङग्रिदो चिसोले बालबालिकालाई विद्याालय जानै समस्या परिरहँदासमेत जिल्लाका अन्य पालिकाले भने विद्यालय बन्दबारे कुनै निर्णय गरेका छैनन् । अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयले अब परीक्षा सञ्चालन गरेर मात्रै जाडो बिदा दिने तयारी गरेका छन् ।