हरिवन, १३ पुस – उद्योग वाणिज्य संघ हरिवनले चोक, बजारमा आगो ताप्नका लागि मुढा वितरण गरेको छ ।
चिसो अत्यधिक बढेर बजारमा आउने सर्वसाधारण तथा व्यवसायी प्रभावित हुन थालेपछि बालगंगा सामुदायिक वनसँग समन्वय गरी मुढा तथा जराहरु चोक, बजारमा खसालेर आगो ताप्ने व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघले हरिवन बजार क्षेत्रमा चिसो प्रभावित मानिसहरुलाई आगो ताप्नका लागि मुढाको व्यवस्था मिलाएको हो ।
घाम लाग्न छाडेर निरन्तर हुस्सु, कुहिरो लागेर शीतलहर चलिरहँदा सर्लाहीको जनजीवन प्रभावित बनिरहेको छ ।