बयलवास, १३ पुस – नेपाली कांग्रेस सर्लाहीका जिल्ला उपसभापति स्व. नवीन अधिकारीप्रति सर्लाहीको बयलवासमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ ले ईश्वरपुर ६ बयलवासस्थित क्षेत्रीय पार्टी कार्यालयमा गएसाँझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो । स्व. अधिकारीको तस्बिरमा माल्यार्पणसहित उनको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको कांग्रेस नेता योगराज देवकोटा (युवराज) ले जानकारी दिए ।
क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति सत्यदेवसिंह दनुवारलगायतले मन्तव्य व्यक्त गरेका छन् ।
मुटुसम्वन्धी रोगबाट ग्रसित कांग्रेस जिल्ला उपसभापति अधिकारीको पुस ६ गते उपचारको क्रममा ६२ वर्षको उमेरमा निधन भएको थियो ।