logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ग्रामीण नारी उत्थान संघद्वारा कम्बल वितरण


  • उज्यालो अभियान

हरिपुर, १२ पुस – सर्लाहीको हरिपुरस्थित ग्रामीण नारी उत्थान संघले चिसो प्रभावित विपन्न तथा दलित परिवारलाई कम्बल वितरण गरेको छ ।

संस्थाले सेभ द चिडे्रनको आर्थिक सहयोगमा संस्थाले हरिपुर र ईश्वरपुर नगरपालिकाका चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो । ईश्वरपुरमा आज वडा नं. १, ४, ७, १० र ११ का शीतलहर प्रभावित परिवारलाई नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा ६८९ थान कम्बल वितरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले यसअघि हिजो हरिपुर नगरपालिका वडा नंं. १, २, ४, ५, ७, ८ र ९ मा ५७६ थान कम्बल चिसो प्रभावित परिवारलाई नगर उपप्रमुख निलमदेवी राय यादवको प्रमुख आतिथ्यतामा वितरण गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।