logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेकपाले मलंगवामा एकता सभा गर्दै


  • उज्यालो अभियान

मलंगवा, १२ पुस – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले आज सदरमुकाम मलंगवामा एकता सन्देशसभा आयोजना गर्दै छ ।

पार्टीका केन्द्रीय नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा मलंगवा पार्टी प्यालेसमा एकता सन्देश सभा गर्न लागिएको हो । यसअघि पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मलंगवाको तीनबिघे मैदानमा एकता सन्देशसभा आयोजना गरिएको थियो ।

तर चुनावी तयारीको ब्यस्तताका कारण प्रचण्ड आउन नभ्याउने भएपछि तिनबिघे मैदानको कार्यक्रम स्थगित गरियो ।

हिजो पुनः नेता श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टी प्यालेसभित्रै भएपनि एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरिएको नेकपाका नेताहरुले बताएका छन् ।