लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, १२ पुस – सर्लाहीको लालबन्दी, हरिपुर र ईश्वरपुर नगरपालिकाको विभिन्न क्षेत्रमा आज दिनभरजसो बिजुली कटौति हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले सूचना जारी गरेर यसबारेमा जानकारी दिएको हो । पूर्वपश्चिम राजमार्ग विस्तार भइरहेकाले लालबन्दी ७ स्थित डुमडुमे पुल दक्षिण रहेको ११ केभी लाइनमा पोल सार्नुपर्ने भएकाले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लालबन्दी बजार हाइवे दक्षिण, रानिगन्ज, फूलजोर, परवानीपुर र घारिबथानलगायत स्थानमा बिजुली अवरुद्ध हुने छ ।
त्यस्तै एच.टि. लाइन मर्मतका लागि हरिपुर सवस्टेशन अन्तर्गतको क्षेत्रमा पनि आज बत्ती काटिने भएको छ ।
हरिपुरबाट संचालित ईश्वरपुर ग्रामीण र औधोगिक फिडर अन्तर्गत पर्ने पचगछिया, चिताइन, जब्दी, इश्वरपुर, बैलवास बजार, सागरनाथ, भक्तिपुर, चौलिखालगायत स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती काटिन लागेको लालबन्दी वितरण केन्द्रका प्रमुख सुरज ढुंगेलले जानकारी दिए ।