logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राष्ट्रिय मुक्ती पार्टी नेपालद्वारा सर्लाहीमा उम्मेदवार सिफारिस


  • उज्यालो अभियान

मलंगवा, ११ पुस – राष्ट्रिय मुक्ती पार्टी नेपालले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

फागुन २१ को निर्वाचनका लागि जिल्लाको चारै क्षेत्रबाट प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची केन्द्रमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिए । पार्टीले प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट श्यामइन्दल साह र राम परीक्षण साहको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. २ बाट भने पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोको एकल नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं. ३ बाट पनि लालबिहारी यादवको एकल नाम सिफारिस हुँदा क्षेत्र नं. ४ बाट भने रामकिशोर सिंह, रामप्रवेश साह र सुरेन्द्र महतो कुशवाहा गरी तीन जनाको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव मुकेशकुमार पण्डितले उल्लेख गरेका छन् ।

सर्लाहीमा अहिले राजनीतिक दलहरुले फागुन २१ को निर्वाचनका लागि धमाधम उम्मेदवारहरुको नाम सिफारिस गरिरहेका छन् ।