logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सय भन्दा बढी व्यक्ति कांग्रेसमा प्रवेश गरेको दावी


  • उज्यालो अभियान

मलंगवा, १० पुस – सदरमुकाम मलंगवा नगरपालिका वडा नं. २ मा आज नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी १०० जनाको संख्यामा नेता, कार्यकर्ता कांग्रेसका प्रवेश गरेका पार्टीका क्षेत्रीय सभापति कौशलकिशोर रायले दावी गरेका छन् । नवप्रवेशीलाई क्षेत्र नं. २ का क्षेत्रीय सभापति राय, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतका नेताहरुले अविर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

फागुन २१ को निर्वाचनलाई लक्षित गरी स्थानीय कार्यकर्तासँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको क्षेत्र नं. २ का क्षेत्रीय सभापति रायले बताए ।