logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

‘प्रचण्ड’ मलंगवा नआउने, एकता सन्देशसभा स्थगित


  • उज्यालो अभियान

मलंगवा, १० पुस – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पर्सी १२ गते सदरमुकाम मलंगवामा गर्ने भनिएको एकता सन्देश सभा स्थगित भएको छ ।

आसन्न निर्वाचनका लागि उम्मेदवार छनौटसहितका तयारीमा लाग्नुपर्ने भएपछि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा तीन बिघे मैदान मलंगवामा तय गरिएको एकता सन्देश सभा अन्तिम समयमा आएर स्थगित गरिएको हो । फागुन २१ को चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनेदेखि निर्वाचनकै तयारीको काममा लाग्नुपर्ने भएपछि लगभग सबै तयारी भइसकेर पनि १२ गतेको कार्यक्रम स्थगित गर्नुपरेको पार्टीका नेता अच्युतम काफ्लेले उज्यालो अभियानसँग बताए ।

१२ गतेको कार्यक्रमकै लागि नेकपाले जिल्लाको ४ वटै क्षेत्रमा भेला तथा बैठकहरु सम्पन्न गरिसकेको थियो । अहिले स्थगित भएको कार्यक्रम अब माघतिर गरिने नेकपाका नेताहरुले बताएका छन् ।