logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मन्त्री कुशवाहालाई उद्योग वाणिज्य संघको सम्मान


  • उज्यालो अभियान

लालबन्दी, १० पुस – उद्योग वाणिज्य संघ लालबन्दीले आज मधेश प्रदेशका नवनियुक्त उर्जा, सिंचाई तथा खानेपानी मन्त्री जवाहारलाल कुशवाहालाई स्वागत तथा सम्मान गरेको छ ।

सर्लाहीकै क्षेत्र नं. ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई भर्खरै गठन भएको प्रदेश सरकारमा मन्त्री बनेका कुशवाहालाई उद्योग वाणिज्य संघ लालबन्दीले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत तथा सम्मान गरेको हो । उनलाई संघका अध्यक्ष महेशकुमार महतो, अन्य पदाधिकारी तथा सदस्य, संस्थापक अध्यक्ष देविबन्धु थापा, पूर्व अध्यक्ष बाबुकाजी नुच्छे प्रधानलगायत भएर सम्मान गरेका छन् ।

सोही अवसरमा नवनियुक्त प्रदेश सरकारका मन्त्री कुशवाहासँग परिचयात्मक कार्यक्रमसमेत गरिएको व्यवसायी चिरन्जीवी खतिवडाले जानकारी दिए ।