गोडैता, १० पुस – सर्लाहीको गोडैता नगरपालिका–५, रामवनमा रहेको श्रीमती सरस्वती देवि कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा विद्यालयको पर्खाल निर्माण र कक्षाकोठा मर्मत कार्य सम्पन्न गरिएको छ ।
सेभ द चिडे«ेन तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीको आर्थिक सहयोगमा विद्यालयमा पर्खाल निर्माण र कक्षाकोठा मर्मत गरिएको हो । सहयोगी संस्थाले विद्यालयमा १५ लाख ३७ हजार १२१ रुपैयाँ खर्चिएर पर्खाल निर्माण र कक्षाकोठा मर्मतको काम गरिदिएका छन् ।
पर्खाल निर्माण र कक्षाकोठा मर्मतको काम सकेर हिजो गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवको प्रमुख आतिथ्यतामा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।