logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

११ वटा विद्यालयलाई फुटबल हस्तान्तरण


  • उज्यालो अभियान

लालबन्दी, १० पुस – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सर्लाहीका ११ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ ।

एन्फाले हिजो लालबन्दी नगरपालिका ५ स्थित राधाकृष्ण खेल मैदानमा फिफा फुटबल फर स्कुल्स लन्च प्रोग्राम अन्तर्गत जिल्लाका ११ वटा विद्यालयलाई २०/२० वटाको दरले फुटबल प्रदान गरेको हो । गएको वर्ष नै एन्फाले आब्हान गर्दा अनलाईनमार्फत आवेदन दिएका लालबन्दी, हरिवन, बागमती र ईश्वरपुरका ११ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको जिल्ला फुटबल संघ सर्लाहीका महासचिव शिवहरि गौतमले जानकारी दिए ।

ति फुटबल हिजो एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, प्रवक्ता सुरेश साह, हरिपुरका मेयर गोपाल पजियार, जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर सुस्लिङलगायत भएर हस्तान्तरण गरेका छन् ।