logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शिक्षक अधिकारीको निधनमा लालबन्दीका सामुदायिक विद्यालय आज बन्द


  • उज्यालो अभियान

लालबन्दी, ०६ पुस – सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आज एक दिनका लागि शोक बिदा दिइएको छ ।

लालबन्दी १० स्थित माध्यमिक विद्यालय चन्द्रपुरमा कार्यरत शिक्षक पशुपति अधिकारीको निधनमा दुःख व्यक्त नगरपालिका कार्यालयले आज सामुदायिक विद्यालयहरुमा शोक बिदा दिएको हो । आज बिहान विद्यालय पुगेका विद्यार्थी मौनधारण गरेर घर फर्किएका छन् ।

लालबन्दी ९ बस्तीपुर निवासी अधिकारी चन्द्रपुरको उक्त विद्यालयमा २०६१ सालदेखि कार्यरत रहेका थिए । किडनी सम्वन्धी रोगबाट ग्रसित शिक्षक अधिकारीको हिजो बिहान निधन भएको थियो ।

२१ वर्षदेखि विद्यालयमा शिक्षण गराउँदै आएका शिक्षक अधिकारीको निधनमा दुःख व्यक्त गर्दै आज बिहान उनको तस्बीरमा माल्र्यापण र मौनधारण गरिएको माध्यमिक विद्यालय चन्द्रपुरका अध्यक्ष उदय पाख्रिनले बताए ।