नारायणखोला, २८ मंसिर – नेपाली कांग्रेस सर्लाहीकी नेतृ एवं सामाजिक अभियन्ता शर्मिला थापाले सर्लाहीको विकट क्षेत्रस्थित लालबन्दी नगरपालिका-१४, नारायणखोलाका दुई विद्यालयमा स्कुल ब्याग उपलब्ध गराएकी छन् ।
लालबन्दी निवासी थापाले नारायणखोलास्थित जनसेवा प्राथमिक विद्यालय सत्रकठ्ठा र प्रावि माइस्थानका विद्यार्थीलाई स्कुल ब्याग उपलब्ध गराएकी हुन् । उनले उपलब्ध गराउनुभएको विद्यालय ब्याग आज विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको जनसेवा प्राथमिक विद्यालय सत्रकठ्ठाका प्रधानाध्यापक उत्तरकुमार गुर्मछान (राजन) ले जानकारी दिए ।
थापाले सत्रकठ्ठाका ५० जना र माइस्थानका ३० जना विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरेकी हुन् । आफू भने अस्वस्थ भएर ब्याग वितरण कार्यक्रममा सरिक हुन नपाउनुभएकी थापालाई ब्याग वितरण कार्यक्रमका अतिथि तथा शिक्षकहरुले स्वास्थ्य लाभको कामना गरेकी छन् ।
सामाजिक काममासमेत सकृय थापा नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्यसमेत छिन् ।