रिना आले/हरिवन, २७ मंसिर – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयमा प्राथमिक तह गणित शिक्षण सीप आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल निवृत्त शिक्षक समाज हरिवनको आयोजना तथा हरिवन नगरपालिकाको सहयोगमा दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिवन नगरपालिकाभित्र रहेका २५ वटा सामुदायिक विद्यालयका शिक्षक सहभागी भएका आयोजक नेपाल निवृत्त शिक्षक समाज हरिवनका अध्यक्ष जयशंकर सिंहले जानकारी दिए ।
सहभागीबिच आधुनिक शिक्षण विधी, गणित सिकाइमा प्रयोग हुने गतिविधिमूलक अभ्यास, विद्यार्थीमैत्री कक्षा संचालन तरिका तथा सिकाईमैत्री शैक्षिक सामग्रीको प्रयोगबारे अनुभव आदानप्रदान गरिएको छ । सहभागी शिक्षकहरुले दुई दिने कार्यक्रमपश्चात कक्षाकोठामा नयाँ विधि लागु गर्ने प्रेरणा र आत्मविश्वास दिएको प्रतिक्रिया दिएका छन् ।
दुई दिने कार्यक्रमको हरिवन नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव हरि दाहालले उद्घाटन गरेका थिए ।