ब्रम्हपुरी, २६ मंसिर – सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२ स्थित ब्रम्हपुरी स्वास्थ्य चौकीमा आज बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सरकारका नवनियुक्त विना बिभागिय मन्त्री जंगिलाल रायले बर्थिङ सेन्टर उद्घाटन गरेका हुन् । बर्थिङ सेन्टर संचालनमा आएसँगै स्थानीय गर्भवती महिलालाई प्रसूति सेवा लिन सहज हुने भएको छ ।
बर्थिङ सेन्टर समुउद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रामपदारथ साह, नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जयप्रसाद दासलगायतको आतिथ्यता रहेको थियो ।