मलंगवा, २६ मंसिर – सर्लाही सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको द सहारा लोन सेविंग्स को आँपरेटिभ सोसाइटी लिमिटेडको आज २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मलंगवास्थित होटल कुशुस प्यालेसमा संस्थाका अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाले आफ्ना उत्कृष्ट सेवा केन्द्रका प्रमुख तथा कर्मचारी, असल ऋणी, बचतकर्तालगायतलाई सम्मान गरेको छ । साधारण सभाकै अवसरमा भर्खरै मधेश प्रदेश सरकारको बिना विभागिय मन्त्री बनेका जंगिलाल रायलाई समेत संस्थाले सम्मान गरेको छ ।

द सहाराको मलंगवामा प्रधान कार्यालयबाहेक देशका विभिन्न जिल्लामा गरी २९ वटा शाखा रहेका महाप्रवन्धक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
संस्थाको २०८२ साल असोज महिनासम्मको शेयर पूँजी ४५ करोड ९९ लाख ५३ हजार, निक्षेप ५ अर्ब ८५ करोड ३४ लाख ६३ हजार र ऋण लगानी ५ अर्ब ५१ करोड ३५ लाख १३ हजार रहेको र आर्थिक वर्ष २०८१/८२ मा कर चुक्तापश्चात १६ करोड ३१ लाख ९६ हजार ३८८ रुपैँया खुद मुनाफा आर्जन गरेको महाप्रवन्धक चौधरीले बताए ।