तस्बीर : विनोद अधिकारी
बयलवास, २५ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा सडक बत्ती जडान गरेपछि मुख्य बजार क्षेत्र झिलिमिली बनेको छ ।
वडा र नगरपालिका कार्यालयले समन्वय गरी फूलजोर–बयलवास सडक अन्तर्गत गर्ने बयलवास बजारको मुख्य क्षेत्रमा सडक बत्ती हालिएको हो । वडाले विनियोजन गरेको ७ लाख रुपैयाँ र नगरले समेत प्रदान गरेको केही रकमबाट विद्युतीय सोलार बत्ती जडान गरिएको ईश्वरपुर ६ का वडाध्यक्ष महम्मद रहमन अन्सारीले जानकारी दिए ।
सडक बत्तीले सडक झिलिमिली भएपछि यात्रु तथा सवारी चालकलाई सहज भएको छ ।