logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महालक्ष्मी चिनी मिलमा डोंगा पूजा, पुस पहिलो सातादेखि मिल चल्ने


  • उज्यालो अभियान

गोडैता, २५ मंसिर – सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग बगदहले हिजो डोंगा पूजा गरेको छ ।

मिल संचालन गर्नुअघि वर्षेनि गरिने डोंगा पूजा हिजो गरिएको हो । उद्योगका प्रशासकीय प्रमुख शिवशंकर महतोले अब पुसको पहिलो सातादेखि मिल चलाएर उखु क्रसिङ सुरु गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार उद्योगले यो वर्ष कम्तीमा पनि २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

उद्योगले गत वर्ष १३ लाख ८१ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । उद्योगले किसानलाई बेलैमा भुक्तानी गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेको ।

सर्लाहीमा यसअघि इन्दुशंकर चिनी उद्योगले मंसिर मध्यमै डोंगा पूजा गरिसकेको छ भने अन्नपूर्ण चिनी उद्योग संचालन हुने÷नहुने निश्चित भइसकेको छैन् ।