logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुर गोल्डकप : मोफसलको चर्चित वीरगन्ज युनाइटेड र कटारी खेल्दै


  • उज्यालो अभियान

हरिपुर, २४ मंसिर – सर्लाहीको हरिपुर २ स्थित सानो जगतपुरमा जारी प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगितामा आज मोफसलका दुई चर्चित क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा आज वीरगन्ज युनाइटेड पर्सा र कटारी टाइगर फुटबल क्लब उदयपुरले प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल दिउँसो ३ बजेपछि सानो जगतपुरस्थित खेल मैदानमा सुरु हुने छ ।

प्रतियोगितामा यसअघि हिजो टिएसपी फुटबल क्लब धनुषाले हरिपुर यूवा समूहलाई सहजै पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । धनुषाले हरिपुरमाथि ६–० को एकतर्फी जित निकालेको हो ।

हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको सहयोगमा आयोजित प्रतियोगिताको बिजेतालाई ट्रफीसहित एक लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने छ ।

फाइनल खेल आगामी पुस १ गते हुने छ ।