रामनगर, २३ मंसिर – पूर्व जिल्ला विकास समिति (जिविस) का सभापति तपस्वी यादवको निधन भएको छ ।
रामनगर गाउँपालिका–४, निवासी यादवको आज बिहान निधन भएको हो । यादव कांग्रेसको पुरानो नेता समेत हुन् ।
विभिन्न कालखण्डमा परिवर्तनका लागि योगदान गरेका उनको निधनप्रति कांग्रेस सर्लाहीका नेतासहित जिल्लाका अन्य पार्टीका नेताहरुले दुःख व्यक्त गरेका छन् ।