logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप : हरिपुर र धनुषा खेल्दै


  • उज्यालो अभियान

हरिपुर, २३ मंसिर – सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा जारी प्रथम हरिपुर गोल्डकपमा आज पनि एक खेल हुँदै छ ।

प्रतियोगिताको तेस्रो खेलमा आज हरिपुर यूवा समूह र टि एस पि धनुषाले प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल दिउँसो ३ बजेपछि सानो जगतपुर खेल मैदानमा सुरु हुने आयोजक नवसंघर्षशील यूवा क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।

प्रतियोगितामा हिजो चिडियादह स्टार चन्द्रनिगाहपुरले हेटौंडामाथि ३–० को सानदार जित दर्ता गराएको थियो ।

हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको सहयोगमा पुस १ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेतालाई ट्रफीसहित एक लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने आयोजक नव संघर्षशील यूवा क्लब हरिपुरले जनायो ।