logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हेटौंडामाथि चन्द्रनिगापुरको सहज जित


  • उज्यालो अभियान

हरिपुर, २२ मंसिर – चिडियादह स्टार चन्द्रनिगाहपुरले प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगित २०८२ मा सुःखद् सुरुवात गरेको छ ।

हरिपुर नगरपालिका २ सानो जगतपुरस्थित खेल मैदानमा आज चपुरले हेटौंडा फुटबल एकेडेमी मकवानपुरमाथि ३–० को सानदार जित दर्ता गरेको हो । खेलमा चिडियादहलाई जिताउन २ गोल गर्ने टिम क्याप्टेन विज्ञान खड्का म्यान अफ द म्याच बन्दै नगद १ हजार ५०० रुपैयाँ प्राप्त गरेका छन् ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट एकेडेमी लालबन्दीले गोलबजार स्पोर्टस् क्लब सिरहालाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । प्रतियोगिताको तेस्रो खेलमा भोली मंगलबार हरिपुर युवा समूह हरिपुर र टि.एस.पि. धनुषाबिच प्रतिस्पर्धा हुने आयोजक नव संघर्षशील यूवा क्लब हरिपुरका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।

हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको सहयोगमा पुस १ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेतालाई ट्रफीसहित एक लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने आयोजक नव संघर्षशील यूवा क्लब हरिपुरले जनाएको छ ।