बयलवास, २१ मंसिर – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा आज मधेश प्रदेश आइटिएफ तेक्वान्दो संघको पहिलो, दोस्रो, तेस्रो डान ब्ल्याक बेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १५ जना खेलाडीको बेल्ट ग्रेडिङ्ग गरिएको हो । कार्यक्रमअघि बयलवास बजारमा निकालिएको र्यालीमा मधेश प्रदेशभरबाट ३५० जना आइटिएफ तेक्वान्दोका खेलाडी सहभागी भएका छन् । मधेश प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजना तथा लालीगुराँस एकेडेमी बयलवासको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
आयोजक संघको प्रदेश टेक्निकल विभाग प्रमुख दीक्षा खतिवडाको अध्यक्षता, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यता, संघकै केन्द्रीय अध्यक्ष प्रवीण कार्की र मधेश प्रदेश अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) को विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ईश्वरपुर ६ का वडाध्यक्ष रहमद मिकरानी, इलाका प्रहरी कार्यालय केशरगन्जका इन्स्पेक्टर नितेशकुमार सिंह, नारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुसतम मिकरानी, लालीगुराँस एकेडेमीका संचालक उज्वल शर्मा, कम्युनिष्टी वेलफेयर एकेडेमीका संचालक सुदीप कार्कीलगायतको आतिथ्यता रहेको थियो ।