logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

निःशुल्क स्वास्थ्य शिविरबाट ९२ जना लाभान्वित


  • उज्यालो अभियान

सासापुर, २० मंसिर – सर्लाहीको हरिवन नगर अस्पताल सासापुरमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ९२ जना लाभान्वित भएका छन् ।

दीर्घायू गुरु अस्पताल काठमाडौंका जेनरल फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. नरेन्द्रप्रसाद मैनालीबाट एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ५३ जना महिला र ३९ जना पुरुषले डा. मैनालीबाट सेवा लिएका हरिवन नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

हरिवन नगरपालिकाले यसरी डा. मैनालीलाई बोलाएर बेलाबेलामा यस प्रकारको स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ ।

आजको शिविरमा डा. मैनालीले औषधिसमेत ल्याई बिरामीलाई वितरण गरेका छन् ।