logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजश्रीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, २० मंसिर – सर्लाही सदरमुकाम मलंगवास्थित प्रधान कार्यालय रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लिमिटेडको आज २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य सन्जय यादवको प्रमुख आतिथ्यतामा संस्थाको नियमित वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाले गत आर्थिक वर्ष २०८१/८२ मा एक करोड ३४ लाख ४७ हजार मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।

९० करोड ८७ लाख शेयर पूजी रहेको संस्थाले १५ अर्ब ३४ करोड ४ लाख ऋण लगानी गरिसकेको छ । राजश्रीका मुख्य प्रवन्धक राजनहरि श्रेष्ठले मलंगवामा प्रधान कार्यालयसहित देशका विभिन्न ठाउँमा संस्थाको १४ वटा सेवा केन्द्र संचालन भइरहेको जानकारी दिए ।

उनका अनुसार साधारण सभामा नियमित बचतकर्ता, ऋणी, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको छ ।