logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवासहित दक्षिणी भेगमा बाक्लो हुस्सु, उत्तरी भेगमा घाम


  • उज्यालो अभियान

कविलासी नगरपालिकास्थित सलेमपुर चोक क्षेत्रको दृश्य ।

मलंगवा, १९ मंसिर – सर्लाही सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा आज बिहानैदेखि बाक्लो मात्रामा हुस्सु लागिरहेको छ ।

शित झरेर बाक्लो मात्रामा हुस्सु लाग्दा नजिकैको दृश्य देख्नसमेत मुस्किल रहेको मलंगवाबाट स्थानीय धिरज ग्वालाले जानकारी दिए । बाक्लो हुस्सु लागेर शित झर्दा स्थनीयले चिसो महशुस गरिरहेका छन् । तर सर्लाहीको उत्तरी भेगमा भने पारिलो घाम लाग्न सुरु भइसकेको छ ।

उत्तरी चुरेभेग र पूर्वपश्चिम राजमार्गको लालबन्दी, हरिवन, बागमतीलगायत क्षेत्रमा पातलो मात्रामा लागेको हुस्सु हटेर घाम लाग्न थालिसकेको हो ।

सर्लाहीमा प्रायः उत्तरी भेगमा चाँडै मौसम उघ्रिएर घाम लाग्दा खाल्डो स्थानमा पर्ने सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा मध्यान्हपख मात्रै घाम लाग्ने गरेको छ ।