logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

३१७ जनामा मोती विन्दुको शल्यक्रिया


  • उज्यालो अभियान

बरहथवा, ०८ मंसिर – सर्लाहीको बरहथवामा ३१७ जनामा मोती विन्दुको शल्यक्रिया (अप्रेसन) गरिएको छ ।

नगर अस्पताल बरहथवामा सञ्चालन गरिएको मोती विन्दुको अप्रेसन क्याम्पमा तीन दिनमा ३१७ जनाको आँखामा देखिएको मोती विन्दुको शल्यक्रिया गरिएको बरहथवाकी नगरप्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिईन् । उनका अनुसार इन्डो आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. राकेश यादव नेतृत्वको टोलीले बिरामीको आँखा परीक्षणसहित मोती विन्दुको शल्यक्रिया गरेको हो ।

बेनभोलेन्स च्यारिटी हल लिमिटेड चाइना र कम्युनिटी भिजन केयर ललितपुरको सहयोगमा बरहथवा नगरपालिका कार्यालयले नगर अस्पतालमा मोती विन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।

शिविरमा बरहथवासहित छिमेकी पालिकाबाट आएका आँखाका बिरामीले लाभ लिएका नगरप्रमुख कटुवालले बताईन् ।