logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पानीमा डुबेर बालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास, ०६ मंसिर – सर्लाहीको ईश्वरपुरमा बाल्टीमा रहेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–७ भगवानपुर बस्ने ललिता देवीको छोरा १५ महिनाको आर्यन कुमार महतोको मृत्यु भएको हो । बालकको गाउँमैत्री अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।