लालबन्दी, ०४ मंसिर जेसीज सप्ताह अन्तर्गत आज सर्लाहीको लालबन्दीमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
लालबन्दी जेसीजले जेसीज सप्ताह अन्तर्गत सामाजिक सेवाको कार्य गरेको हो । आज लालबन्दी २ जुटपानीमा रहेको पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रमका वृद्धवृद्धालाई भोजन, लालबन्दी ५ मा रहेको महेन्द्र आदर्श प्राथमिक विद्यालय रन्जितपुरमा शैक्षिक सामग्री र लालबन्दी ५ मै रहेको अम्बरज्यान आधारभूत विद्यालय मेजरगन्जमा खेलकुद सामग्री वितरण गरिएको लालबन्दी जेसीजले जनाएको छ ।
तीनवटै स्थानमा लालबन्दी ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको जेसीज सप्ताहका मुल संयोजक एवं लालबन्दी जेसीजका कार्यकारिणी उपाध्यक्ष कुलप्रसाद गौतम (शिवहरि) ले जानकारी दिए ।
लालबन्दी ५ नं. वडा कार्यालयको समेत आर्थिक सहयोग रहेको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भोली लालबन्दी ७ मा रहेको जानकी माध्यमिक विद्यालयमा लागुऔषध नियन्त्रण सम्वन्धी अभिमुखीकरण र लालबन्दी ५ मा निःशुल्क स्वास्थ्य शिविर तथा र पर्सी ६ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको लालबन्दी जेसीजका महासचिव कोमलहरि गौतमले बताए ।