हरिपुर, ०३ मंसिर – सर्लाहीको हरिपुरस्थित ग्रामीण नारी उत्थान संघले संचालन गरिरहेको स्पोन्सरशीप कार्यक्रमको अनुगमन गरिएको छ ।
नगरपालिका परियोजना सल्लाहकार समिति (एमप्याक) समितिले अनुगमन गरेको हो । नगरपालिकाको शिक्षा, स्वास्थ्य, बालबालिका, कृषि, योजना र रोजगार शाखाका संयोजकले कार्यक्रमको अनुगमन गरेका ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए ।
स्पोन्सरशीप कार्यक्रम अन्तर्गत जुडी जनता प्रावि ईश्वरपुर १०, च्याउ खेती, बाल अधिकार समिति ईश्वरपुर १०, जनता प्रावि खोरिया टोल र नमूना बस्ती कुरिनीयाटोलको अनुगमन गरिएको हो ।
यस्तै अनुगमनपछि नगरपालिका परियोजना सल्लाहकार समितिको समिक्षा बैठकसमेत सम्पन्न भएको ग्रामीण नारी उत्थान संघ हरिपुरले जनएको छ ।