logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीका दुई विद्यालयका विद्यार्थीलाई ब्याग र शैक्षिक सामग्री वितरण


  • उज्यालो अभियान

लालबन्दी, ३० कात्तिक – जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालले आज लालबन्दी नगरपालिकाभित्रका दुईवटा विद्यालयमा ब्याग र शैक्षिक सामग्री वितरण गरेको छ ।

जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका १४ नारायणखोलास्थित जनता प्राथमिक विद्यालय डाइनीखोला र लालबन्दी नगरपालिका ५ रन्जितपुरमा रहेको महेन्द्र आदर्श प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । प्रावि डाइनीखोलामा ३५ वटा ब्याग, प्रत्येक विद्यार्थीलाई चार÷चार वटा कपी र पेन्सिल तथा प्रावि रन्जितपुरमा १५ थान ब्याग वितरण गरिएको जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालले जनाएको छ ।

विद्यार्थीलाई प्रदान गरिएको ब्याग हाल वैदेशिक रोजगारमा रहेका लालबन्दी नै निवासी भूतपूर्व विद्यार्थी समाजका सदस्य भुवनध्वज थापा र कपी तथा पेन्सिल भने समाजकै अध्यक्ष राजकुमार न्यौपानेले व्यक्तिगत तर्फबाट उपलब्ध गराएका हुन् ।

जनज्योति माध्यमिक विद्यालय लालबन्दीमा अध्ययन गरेका पूर्व विद्यार्थीले भूतपूर्व विद्यार्थी समाज गठन गरेर यसरी सामाजिक कार्य गर्दै आइरहेका छन् ।