logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

शिखर इन्स्योरेन्सको कार्यक्रममा ३१ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

लालबन्दी, २९ कात्तिक – शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडको २१ औँ वार्षिकोत्सवको अवसरमा आज लालबन्दीमा ३१ जनाले रक्तदान गरेका छन् ।

लालबन्दी नगरपालिका ७ स्थित संस्थाको लालबन्दी शाखा कार्यालय अगाडि आयोजना गरिएको कार्यक्रममा ३१ जना सहभागी भएर रक्तदान गरेका कार्यक्रम संयोजक एवं संस्थाको मधेश प्रदेश कृषि विभाग प्रमुख शुक्रराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र मलंगवासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

संस्थाको वार्षिकोत्सवको अवसरमा सामाजिक सेवाको कार्य अन्तर्गत रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक घिमिरेले बताएका छन् ।