logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

‘एउटा मायी नगरमा’ लाई साहित्य पुरस्कार


  • उज्यालो अभियान

लालबन्दी, २९ कात्तिक – लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२ कवि तथा गीतकार रमेश क्षितिजको पहिलो आख्यान कृति ‘एउटा मायी नगरमा’ लाई प्रदान गरिने भएको छ ।

लालबन्दी नगर वाङ्मय परिषद्ले आज प्रेस विज्ञप्ती जारी गर्दै ५० हजार रुपियाँ राशीको राष्ट्रियस्तरको साहित्य पुरस्कार एउटा मायी नगरमा कृतिलाई प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो । परिषद्का अध्यक्ष अच्युत अधिकारीले पुरस्कारका लागि छनौटमा परेका १० कृतिमध्ये र एउटा मायी नगरमा आख्यान कृतिलाई यो वर्षको पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

यस्तै राष्ट्रिय स्तरकै साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२ कवि तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी पनि ५० हजार रुपियाँ नै रहेको लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।

त्यसैगरी २५ हजार रुपियाँ राशीको लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२ पत्रकार कृष्ण समर्पणलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।

राष्ट्रिय स्तरमा ख्याती कमाएका कृति तथा स्थानीय प्रतिभाहरुको सम्मान तथा प्रोत्साहनार्थ तीन प्रकारको पुरस्कार वर्षेनि वितरण गर्दै आइरहेको परिषद्का अध्यक्ष अधिकारीले विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।