मलंगवा, २८ कात्तिक – अहिले सर्वाधिक चर्चामा रहेक मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव गएसाँझ सर्लाही सदरमुकाम मलंगवा आएर फर्किएका छन् ।
उनी नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहकी आमा स्व. रामवती देवी साहको अन्तिम कामको शान्ति भोजमा सरिक हुन मलंगवा आएका थिए । सदरमुकाम मलंगवा आएको मौकामा उनले एमाले सर्लाहीका नेता, कार्यकर्तासँग संक्षिप्त भेटसमेत गरेका छन् ।
नियुक्तिको विषयमा विवाद भएर शपथ, पदभार ग्रहणलगायतमा तनाव भइरहेकाले मुख्यमन्त्री यादव मलंगवा आउँदा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
नेपाली सेनासहितका सुरक्षाकर्मीले उच्च किसिमको सुरक्षा पहरा दिएका थिए । शान्ति भोजमा सरिक भएर मुख्यमन्त्री यादव राति नै प्रदेश राजधनी जनकपुरतर्फ फिर्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।