लालबन्दी, २६ कात्तिक – एक साताअघि सर्लाहीमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियालाई आज उद्योग वाणिज्य संघ लालबन्दीले स्वागत गरेको छ ।
सिडिओ कडरियालाई लालबन्दी ६ स्थित उद्योग वाणिज्य संघको कार्यालयमा बोलाएर स्वागत व्यक्त गरिएको अध्यक्ष महेश महतोले जानकारी दिए । महतोसहित संघका अन्य पदाधिकारी, संघका संस्थापक अध्यक्ष देविबन्धु थापालगायत भएर नवआगन्तुक सिडिओ कडरियालाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा सहभागी उद्योगी, व्यवसायीले सहयोगी र समन्वयकारी भूमिका निर्वाह गरिदिन सिडिओसँग आग्रह गरेका छन् भने उनले आफू जिल्लामा रहँदा निजी क्षेत्रलाई पनि साथमा लिएर हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।