मलंगवा, २६ कात्तिक – नेपाल–भारत सीमा नाकाबाट आज बिहानदेखि नियमित आवतजावत सुरु भएको छ ।
४ दिनपछि सीमा नाका खुलेसँगै जनजीवनसमेत सह बनेको छ ।
भारतको बिहार राज्यमा विधानसभा निर्वाचन हुने भएपछि शान्ति सुरक्षाको व्यवस्थापनका लागि गएको शनिबार बिहान ७ बजेदेखि सर्लाहीसहित विभिन्न जिल्लाका सीमा नाका बन्द गरिएको थियो । बिहारमा नोभेम्वर ११ तारिख अर्थात् हिजो मङ्गलबार दोस्रो चरणको विधानसभा निर्वाचन सम्पन्न भइसकेको छ ।
भारतमा निर्वाचन सम्पन्न भएसँगै गएरातिदेखि सीमा नाका खुलेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले उज्यालो अभियानसँग बताए ।