लालबन्दी, २६ कात्तिक – संसद पुनःस्थापना गर्न माग गर्दै एमाले नगर कमिटीले गएसाँझ लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गमा मसाल जुलुस निकालेको छ ।
विघटित संसद पुनः स्थापना गर्न माग गर्दै मसाल जुलुस प्रदर्शन गरिएको एमाले नेता गोविन्दबहादुर महतले जानकारी दिए । मसाल जुलुसमा यहाँ उपलब्ध वडा, पालिका, जिल्ला तथा प्रदेश कमिटीमा रहेका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
जेनजी आन्दोलनपछि एमाले सर्लाहीले हिजो जिल्लाभर नै प्रदर्शन तथा भेला सम्पन्न गरेको छ ।
विकसित राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे कार्यकर्तालाई जानकारी गराउन हिजो एकै दिन पालिका कमिटीको आयोजनामा हरिवन, बरहथवा, ईश्वरपुर, लालबन्दी, हरिपुर, बागमती, चन्द्रनगर, धनकौल र चक्रघट्टामा जनप्रदर्शन, जनसभा, मोटरसाइकल र्याली र मसाल जुलुस निकालिएको एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले बताए ।
उनका अनुसार अब कात्तिक २९ गते शनिबार बरहथवा नगरपालिका ५ गोरु ब्जारमा जिल्लास्तरीय जनसभा आयोजना गर्ने तयारी भइरहेको छ ।