logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दलित परिवारका बालकको उपचारका लागि गाउँलेले चन्दा उठाए


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपुर, २६ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवा मौजामा घाइते एक विपन्न परिवारका बालकको उपचारमा गाउँलेले आर्थिक सहयोग गरेका छन् ।

केही दिनअघि विद्यालय जाँदा हात भाँचिएर स्टिल नै राख्नुपरेपछि नवराज विश्वकर्माको छोरा कवि विश्वकर्मालाई गाउँलेले चन्दा उठाएर सहयोग गरेका हुन् । रौतहटको चन्द्रनिगाहपुर गएर उपचार गराउँदा आर्थिक समस्या परेपछि गाउँकै नवराज बुढाथोकीको अगुवाईमा करिव ७० हजार रुपैयाँ चन्दा उठाएर सहयोग गरिएको स्थानीय ध्रुवप्रसाद प्रसाईले जानकारी दिए ।

असहाय र बनिबुतो गरेर खाने विश्वकर्मा परिवारमा छोराको हात भाँचिएपछि उपचार नै नपाए अवस्था आएर सबै गाउँलेले धेरथोर चन्दा उठाएर सहयोग गरेको प्रसाईको भनाइ छ ।