ब्रह्मपुरी, २४ कात्तिक – स्वास्थ्यतर्फका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा अहिले भने बल्ल शाखा अधिकृत हाजिर भएका छन् ।
शाखा अधिकृत धनन्जयप्रसाद दास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आज हाजिर भएका हुन् । दासलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २१ गते छथर गाउँपालिका तेह्रथुमबाट सरुवा गरेर ब्रह्मपुरी पठाएको थियो ।
यहाँ करिव दुई वर्षसम्म स्वास्थ्यतर्फका अधिकृत छैठौं उपेन्द्र राउतले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरे ।