logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

४ कोठे विद्यालय भवनको उद्घाटन


  • उज्यालो अभियान

सासापुर, २४ कात्तिक – सर्लाहीको हरिवन नगरपालिका–४, सासापुरमा रहेको श्रीमती माइरानी मिक्चनी माध्यमिक विद्यालय गणेश चोकमा ४ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ ।

संघीय सरकारको सहरी विकास मन्त्रालयबाट प्राप्त १ करोड रुपैयाँ (४० प्रतिसत बिलो) मा निर्माण गरिएको विद्यालय भवनको हिजो दिउँसो नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले उद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर मिक्चनको अध्यक्षतामा आयोजित विद्यालय भवन उद्घाटन समारोहमा नगर उपप्रमुख हरिमाया घलान, वडाध्यक्ष केशवराज थापालगायतले मन्तव्य व्यक्त गरेका विद्यालयका शिक्षक बासुदेव साहले जानकारी दिए ।

विद्यालयका अनुसार नवनिर्मित भवन बालबालिका तथा अपाङ्गमैत्री रहेको छ । वडाध्यक्ष थापाले यस विद्यालयमा अब कक्षा १२ सम्मको पठनपाठन गराउने तयारी गरिएको सुनाए ।

कक्षा १० सम्म पठनपाठन हुँदै आएको विद्यालयमा अहिले ४७० जना विद्यार्थी अध्ययनरत् रहेका छन् ।