लालबन्दी, २२ कात्तिक – लालबन्दी नगरपालिका–७, मा रहेको सगरमाथा नेपाल (एस.एन.) संस्थाले आज २४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रोहितप्रसाद पौडेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा संस्थाकै कार्यालयमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाको कार्य प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुतसहित आगामी कार्यकालका लागि पुनः रोहितप्रसाद पौडेलकै नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मतरुपमा चयन गरेको संस्थाका सचिव समिर सुवेदीले जानकारी दिए ।
संस्थाका सदस्य विनोद विश्वकर्मा (क्षितिज) को संचालन तथा संस्थाकी कोषाध्यक्ष प्रमिलाकुमारी चौधरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्णप्रसाद थपलिया, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सोम दियालीलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा संस्थाका संचालक, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो।