प्रतिकात्मक तस्बिर ।
परवानीपुर, २२ कात्तिक – चुरेभेगस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीमा आज दिउँसो एक पुरुष मृत फेला परेका छन् ।
लालबन्दी १६ परवानीपुर पक्का बाँध निवासी ५३ वर्षीय भरत बस्नेत लालबन्दी १५ को भूमराबाट देउराली गाउँ जाने बाटोको जंगलमा मृत फेला परेका हुन् । बाटो छेउकै जंगलमा बेवारिसे पुरुषलाई मृत फेला पारेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
मृतकको छोरा आएर शवको सनाखत गरेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
परिवारका अनुसार बस्नेत अत्यधिक मदिरा सेवन गरेर हिँड्ने गरेका थिए ।