logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

समाजसेवी सरोज रायको पहलमा बरहथवा नगरपालिकाले पायो दमकल


  • उज्यालो अभियान

बरहथवा, २२ कात्तिक – जिल्लाको बरहथवा नगरपालिकालाई वारुण यन्त्र हस्तान्तरण गरिएको छ ।

जापान सरकारले भोलेन्टियर कोप्र्स नेपाल नामक संस्थामार्फत बरहथवा नगरपालिकालाई एउटा दमकल प्रदान गरेको हो । उक्त संस्थाका ग्लोबल गुडवील एम्बेस्डर एवं बरहथव नगरपालिका १० कै स्थानीय सरोज रायको पहलमा प्राप्त भएको वारुण यन्त्र आज बरहथवा नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

पूर्व रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का निर्वतमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा उक्त वारुण यन्त्र नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको हो । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले वारुण यन्त्र सञ्चालनको लागि मापदण्ड बनाउने तथा अन्य तयारीका काम अब अघि बढाउने बताईन् ।

सामाजिक अभियन्ता सरोज रायको पहलमा अर्को  वारुण यन्त्र पनि प्राप्त भएको छ । उक्त वारुण यन्त्र भने चक्रघट्टा गाउँपालिकालाई प्रदान गर्ने तयारी रहेको रायले उज्यालो अभियानसँग बताए ।