तस्बिर : निरज यादव ।
मलंगवा, २१ कात्तिक – जेनजी आन्दोलनको क्रममा खुट्टामा चोट लागेर घाइते भएका सर्लाही सदरमुकाम मलंगवाका एक युवकलाई कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले आर्थिक सहयोग गरेका छन् ।
जेनजी आन्दोलनका घाइते मलंगवा नगरपालिका–१०, का सुबेक भण्डारीलाई गाउँपालिका अध्यक्ष बब्लुले गापा अध्यक्ष कोषबाट २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । गाउँपालिका अध्यक्ष बब्लुले आज घाइते भण्डारीको घरमै पुगेर चेक प्रदान गरेका पत्रकार निरज यादवले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. सोनेलाल साह, युवा समाजसेवी सोहन झा, गाउँपालिकाका कर्मचारी, संचारकर्मीलगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
घाइते सुबेकको परिवारले उनको उपचारमा व्यक्तिगत २ लाख भन्दा बढी खर्च भइसकेको बताएको छ ।