logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको नेपाल–भारत सीमा नाका ३ दिन ‘सिल’ हुने


  • उज्यालो अभियान

मलंगवा, २१ कात्तिक – सर्लाही, महोत्तरी, रौतहटसहित विभिन्न जिल्लाका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षाको व्यवस्थापनका लागि तीन दिन अर्थात् ७२ घण्टा बोर्डर ‘सिल’ गर्न लागिएको हो । कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि बन्द गरिने नेपाल–भारत सीमा नाका कात्तिक २५ गते साँझ ६ बजेपछि मात्रै खुल्ने छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले यो अवधिमा आकस्मिकबाहेकका सम्पूर्ण प्रकारको आवागमन पूर्णरुपमा ठप्प रहने उज्यालो अभियानसँग बताए ।

जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेरै तीन दिन सीमा नाका बन्द गर्न लागिएको जानकारी दिएका छन् ।

नेपाल वा भारत जहाँ निर्वाचन हुँदा पनि यसरी ७२ घण्टा सीमा नाका सिल गर्ने परिपाटी रहेको छ । सीमा नाकामा कडाइका लागि नेपालमा निर्वाचन हुँदा भारतीय र भारतमा निर्वाचन हुँदा नेपाली सुरक्षाकर्मीले साथ दिँदै आएका छन् ।