logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


  • उज्यालो अभियान

सलेमपुर, २० कात्तिक – सलेमपुर–मदनपुर सडकमा आज साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका सुरेश ठाकुरको ज्यान गएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले उज्यालो अभियानलाई जनायो ।