logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

वडाध्यक्ष कप : उपाधिका लागि वडा नं. ११ र १३ ले खेल्ने


  • उज्यालो अभियान

पत्थरकोट, १९ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडामा आयोजित आठौं नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं. ११ र १३ ले खेल्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै वडा नंं. ११ हीरापुर र आयोजक वडा नं. १३ पत्थरकोटले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । यो दुई वडाले उपाधिका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपबिजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए । प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा वडा नं. ११ हीरापुरले वडा नं. ३ जब्दीलाई ३–१ गोले पराजित गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक वडा नं. १३ पत्थरकोटले वडा नं. १६ परवानीपुरलाई टाइबे्रकरमा ४–२ गोलले पराजित गरेको छ । निर्धारित समयको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि दोस्रो सेमिफाइनल खेलको नतिजा टाइबे्रकरबाट निकालिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका वडा नं. ३ र १६ ले तेस्रो स्थानका लागि भोली प्रतिस्पर्धा गर्ने फुटबल प्रशिक्षक अर्जुन चौधरीले बताए । उनका अनुसार फाइनल खेलअघि पर्सी शुक्रबार लालबन्दी भेट्रान र हरिवन भेट्रानबिच खेल हुने छ ।