logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन किसान महासंघको माग


  • उज्यालो अभियान

हरिवन, १८ कात्तिक – अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै धान बालीमा पुगेको क्षतिपूर्ति कृषकलाई उपलब्ध गराउन माग गरेको छ ।

कमिटीका सचिब रामप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा वेमौसमी वर्षाका कारण धान सहित अन्य विभिन्न बालीमा निकै क्षति पुग्दा किसान मर्कामा परेकाले उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । नेकपा एमाले निकट महासंघले विभिन्न ९ बुँदे मागसहित विज्ञप्ति जारी गरेको हो ।