logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

संजु कर्ण/हरिवन, १८ कात्तिक – सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

४ हजार २२२ जना शेयर सदस्य रहेको संस्थाले ३१ करोड ६० लाख ६१ हजार १९३ रुपैया कारोवार गर्दै १ करोड ४२ लाख १३ हजार ७०९ रुपैया खुद मुनाफा गरेको छ । मुनाफाबाट शेयर सदस्यहरुलाई ८ प्रतिशत बोनस वितरण गरेको संस्थाका कोषाध्यक्ष दिनेश केसीले जानकारी दिए ।

उपाध्यक्ष पुरुषोत्तम थापाका अनुसार संस्थाका अध्यक्ष मोहन लाल श्रेष्ठको अध्यतामा जेष्ठ शेयर सदस्य लक्ष्मि देवि श्रेष्ठको प्रमुख आतित्यथा रहेको साधारण सभामा संस्थाका पदाधिकारीहरु, सल्लाहकारहरु, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । संस्थाले साधारण सभाको अवसरमा प्रमुख अतिथी जेष्ठ शेयर सदस्य लक्ष्मि देवि श्रेष्ठ लगायत उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता (पुरुष, महिला), असल ऋणी, उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरिएको संस्थाका संचालक सदस्य प्रयाग राज पोतेले जानकारी दिए ।